Posts
- Get link
- X
- Other Apps
Home कम्प्यूटर कक्षा पाठ ४ - कम्प्युटरका प्रकार (Types of Computer) | कम्प्युटर शिक्षा कक्षा ८ पाठ ४ - कम्प्युटरका प्रकार (Types of Computer) | कम्प्युटर शिक्षा कक्षा ८ नेपाल राष्ट्रिय आधारभुत विद्यालय घारिवन,सुर्खेत February 02, 2022 पाठ कम्प्युटरमा प्रयोग भएका प्रविधि र त्यसको कार्यशैलीअनुसार त्यसलाई तिन प्रकारमा विभाजन गरिएका छन् । ती हुन्: (क) डिजिटल (ख) एनालग (ग) हाइब्रिड डिजिटल कम्प्युटरलाई पनि तिनीहरूको संरचना र उपयोगिताअनुसार विभिन्न भागमा विभाजन गरिएका छन् । तिनीहरूलाई तलको तालिकामा देखाइएको छ : डिजिटल कम्प्युटर (Digital Computer) डिजिटल कम्प्युटरले सिधा, नम्बर वा बाइनरी डिजिटहरूको गणना गरी कार्य गर्छ । बाइनरी डिजिट ० ले अफ (Off) र १ ले अन (On) जनाउँछ । डिजिटल कम्प्युटरले एनालगले जस्तै परिमाणलाई नापेरभन्दा पनि नम्बरहरू गणना गरी कार्य गर्छ । यी नम्बरहरू जुनसुकै क्षेत्रमा सजिलै प्रयोग गर्न सकिन्छ । यसको कार्य गति उच्च हुनुका साथै शुद्धता शत प्रतिशत हुन्छ । यी कम्प्युटरहरूलाई प्रयोग कर्ताको चाहनाबमोजिम रिप्रोग्राम (Reprogram) समेत गर्न सकिन्छ । (क) विशेष उद्देश...